Kirtipur, Kathmandu
त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेसन केन्द्र (TUBIC) द्वारा सञ्चालन गरिने “TUBIC उद्यमशीलता विकास कार्यक्रम” मा सहभागी हुन इच्छुक त्रिभुवन विश्वविद्यालय अन्तर्गत अध्ययनरत नियमित विद्यार्थीहरूबाट आवेदन आह्वान गरिएको छ। यदि तपाईंसँग नवप्रवर्तनशील तथा व्यवसायिक सम्भावना भएको उद्यमशील अवधारणा (Startup Idea) छ भने यस कार्यक्रममा सहभागी भई आफ्नो विचारलाई व्यवहारिक व्यवसायमा रूपान्तरण गर्ने अवसर प्राप्त गर्न सक्नुहुनेछ। कार्यक्रम विशेष रूपमा AgriTech, EduTech, HealthTech, FinTech, Green Technology, AI तथा Digital Innovation, Manufacturing, Tourism & Hospitality, Creative Industry, Social Enterprise लगायत नेपाल सरकारले प्राथमिकतामा राखेका अन्य नवप्रवर्तनशील क्षेत्रहरूमा केन्द्रित रहेको छ। इच्छुक विद्यार्थीहरूले आवेदन फाराम डाउनलोड गरी आवश्यक विवरणहरू भर्नुका साथै नवप्रवर्तनशील आइडियाको विस्तृत व्यवसायिक प्रस्ताव, क्याम्पसको सिफारिस पत्र, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थी परिचयपत्रको प्रतिलिपि तथा अन्य सान्दर्भिक प्रमाणहरू संलग्न गरी आवेदन पेश गर्नुपर्नेछ। आवेदन फाराम डाउनलोड गर्न तल दिइएको “Download Application Form” बटनमा क्लिक गर्नुहोस्।