Business Incubation Center

Kirtipur, Kathmandu

TUBIC उद्यमशिलता विकास कार्यक्रम सम्बन्धि सूचना

TUBIC उद्यमशिलता विकास कार्यक्रम सम्बन्धि सूचना

2025-07-08
Business Incubation Center

 

त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेसन केन्द्र (TUBIC)

“TUBIC उद्यमशीलता विकास कार्यक्रम सम्बन्धि सूचना”

(प्रथम पटक प्रकाशित मिति: २०८२/०३/२४ )
 

त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेसन केन्द्र (TUBIC)ले  विद्यार्थीहरूमा अन्तर्निहित नवप्रवर्तनशील सोचलाइ  प्रस्फूरण गरि   व्यवसायिक क्षेत्रमा  प्रवेश गर्न आत्मविश्वास तथा आवश्यक अवसर र स्रोतहरू प्रदान गर्ने उद्देस्यले  “TUBIC उद्यमशीलता विकास कार्यक्रम” को आयोजना गर्न लागेको छ । यस कार्यक्रमले त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभिन्न संकाय, विभाग, अध्ययन संस्थान, स्कुल र क्याम्पसहरूका अध्ययनरत विद्यार्थीहरूलाई नवप्रवर्तनशील सोच, व्यवसायिक योजना निर्माण र उद्यमशीलता विकासमा सहजीकरण गर्ने छ ।

यस कार्यक्रम अन्तर्गत, विद्यार्थीहरूले पेश गरेको आफ्नो स्टार्टअप आइडिया  तथा व्यवसायिक योजनाको  आधारमा विश्वविद्यालयस्तरमा उद्यमशीलता र नवप्रवर्तनशील क्षमताभएका  विद्यार्थीहरूलाई पहिचान गरी, प्रारम्भिक चरणमा आवश्यक तालिम, प्राविधिक तथा आर्थिक सहयोग प्रदान गरिने छ। ।

इच्छुक विद्यार्थीहरूले आगामी वि.सं. २०८२ श्रावण २५  गते सम्म आफ्नो स्टार्टअप आइडिया साथै  बिस्तृत  व्यवसायिक योजना सहित आवेदन दिनुहुन अनुरोध गरिन्छ । आवेदन पत्र र विस्तृत जानकारी TUBIC को आधिकारिक वेबसाइट www.tubic.tu.edu.np मा उपलब्ध हुनेछ


विस्तृत जानकारी र आवेदनका लागि:

TUBIC को वेबसाइट: https://tubic.tu.edu.np/notice

सम्पर्क/ ईमेल: info@tubic.tu.edu.np

निवेदन दिने अन्तिम मिति : २०८२ श्रावण २५ गते ।

(पुनश्च : प्रारम्भिक रुपमा  छनौट भएका निवेदकहरुको विवरण पछी प्रकाशित गरिने छ  ।)
 


 


Files

S.N Name Type Download
1 TUBIC उद्यमशिलता विकास कार्यक्रम सम्बन्धि सूचना pdf