Business Incubation Center

Kirtipur, Kathmandu

विद्यार्थी उद्यमशिलता र रोजगारीका लागि विश्वबैंक र एडिबीसँग छलफल | काठमाडौं । चैत २

विद्यार्थी उद्यमशिलता र रोजगारीका लागि विश्वबैंक र एडिबीसँग छलफल | काठमाडौं । चैत २

2026-03-18

विद्यार्थी उद्यमशिलता र रोजगारीका लागि विश्वबैंक र एडिबीसँग छलफल

काठमाडौं । चैत २

त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेसन केन्द्र (TUBIC) ले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा उद्यमशिलता विकास गरी देशमा रोजगारी सिर्जना गर्ने उदेश्यले विभिन्न शैक्षिक तथा व्यवासायिक कार्यक्रम सञ्चालन गर्नका लागि राष्ट्रीय तथा अन्तराष्ट्रीय क्षेत्रमा महत्वपूर्ण लगानी गरिरहेका विश्वबैंक(WorldBank) ,एसियाली विकास बैंक (ADB) , नेपाल उद्योग बाणिज्य संघ (FNCCI)का साथै नेपाल सरकार, विश्वविद्यालय अनुदान आयोग र व्यवसायिकताको प्रवर्द्बन र उद्यमशिलताको क्षेत्रमा कार्यरत निजि संस्था डोल्मा कन्सलटेन्सिसँग छलफल गरेको छ ।

किर्तिपुर स्थित उपकुलपतिको कार्यालयमा आयोजित छलफलमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा दिपक अर्यालले सवै विद्यार्थीहरुमा उद्यमशिलताको विकास गरी थप उत्पादनशिल, दक्ष र सक्षम बनाउँन पाठ्यक्रम परिमार्जन गर्न लागिएको, भौतिक पूर्वाधार व्यवस्थित बनाउँन सरकारसँगै अन्त्य दातृ निकायहरुसँग सहयोगको अपेक्षा गरिएको, उद्यमशिलताको क्षेत्रमा ख्याति प्राप्त विश्वका प्रतिष्ठित विश्वविद्यालयहरुसँगको सम्पर्क बढाइ सहयोग आदान/प्रदानको थालनी गरिएको,देशको अर्थतन्त्रलाई उत्पादनमा आधारित बनाई रोजगारी सिर्जनामा योगदान गर्न खोजेकोले राष्ट्रीय /अन्तराष्ट्रीय दातृ निकायहरुको सुझाव र अनुभव महत्वपूर्ण हुने बताउनुभएको थियो । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा खडग के.सी ले छलफलमा त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक सामर्थ्य र सम्वन्धका बारेमा संक्षेपमा जानकारी गराउँनुहुँदै विद्यार्थीलाई सिपमूलक र उद्यमशिल बनाई विद्यमान रोगजारीको संकट र विदेश पलायन कम गर्न विश्वविद्यालय प्रयत्नशिल रहेको धारणा व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेसन केन्द्रका निर्देशक प्रा.डा ताराप्रसाद भुसालले व्यवसाय इन्क्युवेशन केन्द्रले उद्यमशिलताको प्रवर्द्बन र सिपमूलक व्यवसायिकता विकासका लागि गरेका महत्वपूर्ण पहलहरुका बारेमा प्रस्तुती मार्फत विस्तृतरुपमा जानकारी गराउँनुभएको थियो । देशमा २२ प्रतिशत युवा बेरोजगार रहेको,समग्र बेरोजगारी १२.६ प्रतिशत रहेको २६.६ प्रतिशत कुल ग्राहस्थ उत्पादन विप्रेषण (रेमिट्यान्स) मा आधारित रहेको र देशको आर्थिक,भौगोलिक र सामाजिक अबस्थाको कारण देशकै सर्वाधिक विद्यार्थी उत्पादन गर्ने त्रिभुवन विश्वविद्यालयले उद्यमशिलताको विकास र रोगजारी सिर्जना गर्ने वातावरण निर्माणमा कार्य प्रारम्भ गरी कार्यान्वयनको अवस्था रहेको अवगत गराउँनुभएको थियो । दातृनिकायसँग रहेको पुँजी, सिप, विशिष्ट विज्ञ अनुभव र नवप्रवर्तनात्मक अनुसन्धान र प्रविधिको उपयोग गरी देशको अर्थतन्त्रलाई सुदृढ बनाई देशमै काम गर्ने अवस्थाको निर्माण गर्न लागिएको बताउनुभएको थियो । कार्यक्रममा विश्वबैंकका प्रतिनिधि Sachiko Kataoka ले विश्वबैंकले कुनैपनि देश र उक्त देशका निकायहरुको आवश्यकतालाई प्रतिनिधित्व गर्ने भन्दै उद्यमशिलताका लागी निजि क्षेत्रसँग सहकार्य गर्न, दिगो र भरपर्दो लगानी र प्रविधिको प्रयोग गर्न,व्यवसायिक संघ/संस्थासँगको आबद्बतालाई विस्तारित गर्नका साथै भौतिक र प्रावधिक पूर्वाधारका लागी विश्ववैंक सहकार्यका लागि तयार रहेको बताउनुभएको थियो । कार्यक्रममा एसियाली विकास बैंक (एडीवी) का प्रतिनिधी Jian Xu ले व्यवसाय इन्क्युबेसन केन्द्रलाई प्राथिमकता,व्यवसायिक गतिविधि र वास्तविकतामा आधारित रहेर आर्थिक आवश्यकताको तय गर्न सुझाव दिनुभयो । सूचना तथा प्रविधिको क्षेत्रमा भएको प्रगति र प्रभावका बारेमा समेत विद्यार्थीहरुलाई दक्ष र जागरुक बनाउनुपर्नेमा शिक्षाक्षेत्रले थप मिहनेत र प्रयत्न गर्न अनुरोध गर्नुभएको थियो । कार्यक्रममा डोल्मा कन्सलन्टेन्सीका प्रतिनिधि Joseph Silvanus,नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि द्बय जुना माथेमा र सुभेच्छ भण्डारी, विश्वविद्यालय अनुदान आयोगका प्रतिनिधी निरज धिताल लगायतले उद्यमशिलता प्रवर्द्बनका संस्थागत सहयोग गर्ने प्रतिवद्बता सँगै सिपमूलक व्यवसायिकताको उत्थानका लागी प्राज्ञिक सहकार्यका गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।कार्यक्रमको संयोजन त्रिवि अन्तराष्ट्रिय सम्वन्धन केन्द्रका कार्यकारी निर्देशक प्रा.डा विष्णुप्रसाद पाण्डेले गर्नुभएको थियो ।